कांग्रेसले टुंगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको नाम, को -को परे ? — OSNepal

कांग्रेसले टुंगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको नाम, को -को परे ?

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको नाम टुंगो लगाएको छ । आज सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले ६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

सभापति शेरबहादुर देउवाले संसदीय समितिबाट निर्णय गर्नुपर्ने भए पनि उक्त समिति नबनेको भन्दै प्रस्ताव गरेका नामहरु बैठकमा सर्वसम्मतले पारित भएको हो ।

पारित भएको नामहरुमा प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (केन्द्रीय कार्यालयका मुख्य सचिव), गण्डकीमा कमला पन्त (गोरखा), लुम्बिनीमा युवराज शर्मा (रुपन्देही)को राष्ट्रिय सभा निर्वाचनका लागि परेको छ ।

यसैगरी , कर्णालीमा दुर्गाकुमारी गुरुङ (सुर्खेत) र सुदूरपश्चिममा नारायणदत्त मिश्र (कन्चनपुर) लाई उम्मेदवारको लागि चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर