जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृ त्यु — OSNepal

जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृ त्यु

LC (KTM) May 10, 2021 0

कोलोराडो, २७ बैशाख– संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृ त्यु भएको छ ।कोलोराडो स्पिङ्सको पूर्व तर्फ मध्यराति एक व्यक्तिले गो ली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि मृ त्यु भएको प्रहरीको भनाई छ । आफ्नी प्रेमिका सहित पार्टीमा सहभागी भएका गोली चलाउने शंकास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिका समेतमाथि गोली चलाएका थिए । घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृ त्यु भइसकेको र एक व्यक्ति गम्भीर चोटग्रस्त अवस्थामा भेटिएका थिए, र उनको पनि अस्पतालमा ज्यान गएको थियो ।

कोलोराडो राज्यकै बोल्डरको सुपरमार्केटमा गत मार्च २२ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृ त्यु भएको थियो । कोलोराडो राज्यको डेन्भरपछि दोस्रो ठूलो शहर कोलोराडो स्प्रिङ्समा करिब चार लाख ६५ हजार नागरिकको बसोबास छ । यसैबीच, मेरिल्यान्डमा पनि एभर्टन ब्राउन नामका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको ज्या न गएको छ । (रासस–एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर