माओवादी केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ — OSNepal

माओवादी केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

LC (KTM) January 03, 2022 0

काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।

२९९ केन्द्रीय सदस्यमध्ये २३६ जना आइतबार केन्द्रीय सदस्यमा मनोनीत भएका भए । मनोनीत सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यो पनि : निर्वाचन आयोगले खारेज गर्‍यो मिलन पाण्डेको उजुरी : विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न मागसहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ।

विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले पुनरावलोकनको लागि उजुरी दिएकोमा आयोगको १२ पुसमा बसेको बैठकले पाण्डेको विपक्षमा निर्णय गरेको हो।

पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा कीर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए ।

आयोगले आफ्नो सो निर्णय नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र विवेकशील साझा पार्टीको साविकको विधान २०७४ को पहिलो संशोधन बमोजिम नै रहेको ठहर गरी पाण्डेको निवेदनमा थप कारबाही आवश्यक नरहेको भन्दै खारेज गरिदिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर