चुनावपछि बहुमत सरकार बनाएर ५ वर्ष जनतालाई ढुक्कसँग आफ्नै सरकार छ भन्ने गराउँछौं : गगन थापा — OSNepal

चुनावपछि बहुमत सरकार बनाएर ५ वर्ष जनतालाई ढुक्कसँग आफ्नै सरकार छ भन्ने गराउँछौं : गगन थापा

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४ औं महाधिवेशनसँगै पार्टीमा गुट उपगुटको अन्त्य भएको बताएका छन् ।

कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन महामन्त्री थापाले पार्टी अब विधिसम्मत सुचारु हुने बताएका हुन् ।

‘अब पार्टीभित्र गुट-सुट केही हुँदैन, विधिसम्मत पार्टी चल्छ, त्यसमा चिन्ता नगर्नुस् केन्द्रमा हामी मिलाउँछौं, ‘जिल्ला र गाउँमा पार्टी प्रवेश गराएर चुनावमा जित्ने कांग्रेस बनाउनुस् ।’ थापाले भने ।

आउँदो चुनावसम्म पार्टी प्रवेश गराएर १५ लाख पार्टी सदस्य बनाउनैपर्ने बताएका थापाले भनेका छन् ,‘चुनावपछि बहुमत सरकार बनाएर ५ वर्ष जनताको जीवनस्तर बदल्ने, विकास गर्ने, देश बदल्ने, अवस्था बदल्ने र जनतालाई ढुक्कसँग आफ्नै सरकार छ भन्ने गराउँछौं ।’

‘=अब देश बदल्ने, अवस्था बदल्ने, मुलुकको समग्र विकास गर्ने नारा लिएर अहिल्यै गाउँमा पुगेर मत माग्नुस, चुनावी तयारी थाल्नुस् भन्दै थापाले कांग्रेसको बहुहमतको सरकार भएपछि रोजगारीको लागि कतार लगायत देशमा जाने युवाको संख्या घटाउने दावी समेत गरेका छन् ।

हेलिकप्टर चार्टर गरेर दुर्गावफाट पुगेका थापासहित कार्यक्रममा केन्द्रीय सदस्य पुष्पा भुसाल, सञ्जय गौतमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर