१९ सिटको लागि एमालेले टुंगायो राष्ट्रिय सभा सदस्य उम्मेदवारहरुको नाम,बागमतीबाट गोपाल शाक्य — OSNepal

१९ सिटको लागि एमालेले टुंगायो राष्ट्रिय सभा सदस्य उम्मेदवारहरुको नाम,बागमतीबाट गोपाल शाक्य

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेकपा एमालेले पनि राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निवार्चनका लागि एमालेले १९ जनाको नाम टुंगो लगाएको छ ।

पार्टीको सचिवालयको बैठकले भोली मंगलबारबाट सुरु हुने उम्मेदवारी दर्ताको लागि नाम टुंगो लगाएको हो । जसमा प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) को नाम परेको छ ।

प्रदेश-२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह(रौतहट) , बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)को नाम उम्मेदवारीको लासि टुंगो लागेको छ ।

यसैगरी , गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) राष्ट्रिय सभा सदस्यको सम्मेदवारी बन्ने पक्का भएका छन् ।

लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) र कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी(दैलेख) उम्मेदवार बन्ने निश्चित भएको छ ।

साथै सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) को नाम चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर