नेकपा एसले टुंगो लगायो राष्ट्रिय सभा सदस्यको उम्मेदवार, जसमा परे चार जना महिला — OSNepal

नेकपा एसले टुंगो लगायो राष्ट्रिय सभा सदस्यको उम्मेदवार, जसमा परे चार जना महिला

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेकपा एकिकृत समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको नाम टुंगो लगाएको छ ।

सोमबार सत्तागठवन्धनको बैठकमा भाग वण्डा मिलेपछि नेकपा एसको आज दिउँसो बसेको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । जसमा प्रदेश-१ बाट जयन्ती राई (महिला) को नाम परेको छ ।

यसैगरी वाग्मती प्रदेशबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) को नाम राष्ट्रिय सभा सदस्यको उम्मेदवारीको लागि चयन गरिएको छ ।

साथै सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) को नाम टुंगो लागेको छ । नकेपा एसले १९ सिट मध्ये पाँच सिट पाएको छ ।

जसमा चार जना महिलाको नाम उम्मेदवारमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर