प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो, मलाई दुःख लागेको छ — OSNepal

प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो, मलाई दुःख लागेको छ

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको आठौं महाधिवेशनलाई अपमान गरेको भन्दै दुखेसो पोखेका छन् ।

महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरुको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीको महाधिवेशनमा लोकतान्त्रिक र जनवादी विधि अपनाएको बताएका उनले भने , ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गर्‍यौं । प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गरिएको हो ।’

साथै उनले बैठकलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।’

यो पनि …
नेकपा माओवादी केन्द्रको अध्यक्षमा एक पटक फेरि प्रचण्ड निर्विरोध चयन

काठमाडौं १९ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा एक पटक फेरि पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन् ।

पार्टीको आठौं महाधिवेशनबाट चयन भएका केन्द्रिय कमिटिहरुको बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका हुन् ।

उनले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको छ । अध्यक्ष पदमा कसैको दावी नपरेपछि प्रचण्ड निर्विरोध निर्वाचित भएको केन्द्रिय सदस्य दिनानाथ शर्माले जनाएका छन् ।

बैठकमा रायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गर्दा कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर