दुई तिहाई बहुमत पाएपनि ओलीको अहंकार र अयोग्यताले देशले दुख पायो : गगन थापा — OSNepal

दुई तिहाई बहुमत पाएपनि ओलीको अहंकार र अयोग्यताले देशले दुख पायो : गगन थापा

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको बताएका छन् ।

सोमरबार हेलिकप्टर र्चाटर गरेर अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने–‘ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो ।’

थापाले अब नेपाली कांग्रेसले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने भन्दै पार्टी मा अब गुटबन्दी र भागबण्डा हुन नदिने बताएका छन् ।

आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउने लक्ष्य रहेको समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर