राजावादीहरू जति ट्याउँट्याउँ गरेर कराए पनि एकतन्त्रीय शासनको कल्पना नगरे हुन्छ : भट्टराई — OSNepal

राजावादीहरू जति ट्याउँट्याउँ गरेर कराए पनि एकतन्त्रीय शासनको कल्पना नगरे हुन्छ : भट्टराई

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरू कराएर केही नहुने बताएका छन् । सोमबार इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले यस्तो बताएका हुन् ।

राजतन्त्र नफर्कने दावीका साथ उनले राजावादीहरू जति ट्याउँट्याउँ गरे पनि केही नहुने भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने बताएका छन् ।’राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको छ । ‘

नेता भट्टराईले एमाले आफैको कुवुद्धिले गर्दा अहिले घर न घाटको भएको भन्दै उनले ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप समेत लगाएका छन् ।

जनताले विश्वास गरेर मत हालेको भए पनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैँ सत्ताबाट बाहिरिनुपरेको भट्टराईको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर