लामो समयको उपचार पछि आज वर्षमान पुन स्वदेश फर्किदै — OSNepal

लामो समयको उपचार पछि आज वर्षमान पुन स्वदेश फर्किदै

LC (KTM) January 04, 2022 0

काठमाडौं – नेकपा माओवादीका नेता वर्षमान पुन आज मंगलबार स्वदेश फर्किने भएका छन् । विरलै देखिने जन्डिस रोगबाट ग्रसित भएका नेता पुन लामो समय पछि आज स्वदेश फर्किन लागेका हुन् ।

महासचिवका दावेदार पुन मंगलबार आउने भएसँगै सोमबार को बैठकमा पदाधिकारी चयन नै नगरी सकिएको हो । नेता पुनको सहभागिताको लागि बैंठकमा अध्यक्ष मात्र चयन गरी सकिएको हो ।

प्रचण्डले नेता पुनकै उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरिएको बताएका छन् । पार्टी महासचिवका लागि पुनसँगे जनार्दन शर्मा अगाडी देखिएका छन् ।यता प्रचण्डले देव गुरुङलाई समेत महासचिवको लागि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर