कोरोना संक्रमित उज्ज्वल थापालाई मष्तिष्कघात भएपछि अवस्था अझै चिन्ताजनक — OSNepal

कोरोना संक्रमित उज्ज्वल थापालाई मष्तिष्कघात भएपछि अवस्था अझै चिन्ताजनक

LC (KTM) May 31, 2021 0

काठमाडौ- विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको अवस्था थप चिन्ताजनक बनेको छ ।विशेषज्ञहरूमार्फत ईसीएमओ प्रविधिबाट कोरोना संक्रमणको उपचार गराइरहेका थापालाई ब्रेन ह्याम्रेज ९मष्तिष्कघात० समेत भएकाले अवस्था थप चिन्ताजनक भएको बताइएको छ । यसअघि उनका परिवार तथा शुभचिन्तकहरुले आजै प्रेस विज्ञप्तिमार्फत थापाको अवस्था जटिल बनेको जानकारी दिएका थिए ।

दैनिक लाखौं रुपैयाँ खर्च लाग्ने भएपछि उनको परिवार र शुभचिन्तकहरुले आर्थिक संकलन गरेर खर्च गरेका थिए । उनको स्वास्थ अबस्थ जटिल बन्दै गएपछि आर्थिक संकलन पनि बन्द गरिएको बताइएको छ । यस अघि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पनि अबस्था गम्भरु रहेकोले प्रथना गरिदिन आग्रह गरेका थिए । कोरोना संक्रमण पुष्टि भएपछि ह्याम्स र ग्रान्डी अस्पताल हुँदै हाल नेपाल मेडिसिटी अस्पतालमा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर