मजदुर बोकेको ट्याक्टर पल्टियो , दुई जनाको घटनास्थलमै गयो ज्यान — OSNepal

मजदुर बोकेको ट्याक्टर पल्टियो , दुई जनाको घटनास्थलमै गयो ज्यान

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको छ । बालुवा लिनको लागि मजदुर लिएर कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ रनगाईमा सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

उक्त दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन् भने घाइते मध्ये बलराम सुनारको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर