यथास्थितिमा एमसीसी पारित हुन के गर्ला ? माओवादीले गर्यो यस्तो निर्णय — OSNepal

यथास्थितिमा एमसीसी पारित हुन के गर्ला ? माओवादीले गर्यो यस्तो निर्णय

LC (KTM) January 04, 2022 0

काठमाडौं, २० पुस-नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ ।काठमाडौंमा हालै सम्पन्न आठौँैं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो ।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ माओवादीको जोड छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर