कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको नेता बस्नेतको खुलासा — OSNepal

कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको नेता बस्नेतको खुलासा

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेता महेश बस्नेतले कांग्रेसका २३ सांसदहरु पार्टी विभाजनको पक्षमा रहेको दाबी छन् । आज सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो दावी गरेका हुन् ।

सम्बोधन बस्नेतले कांग्रेस जस्तै नेकपा माओवादी केन्द्रका २५ २६ जना सांसद प्रचण्डबाट टाढिदै गरेको खुलासा समेत गरेका छन् । यस्तो अवस्थामा आफुहरुले चाहे कांग्रेस र माओवादी दुर्व फुटाउन सक्ने दावी समेत नेता बस्नेतले गरेका छन् । ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुवै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’ सम्बोधन बस्नेतले भने ।

माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा एमालेसँग पार्टी एकताको पक्षम रहेको खुलासा समेत गरेका छन् । साथै नेता बस्नेतले अब पाँच वर्ष फेरि ओलीले प्रधानमन्त्री हुन पनि ठोकुवा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर