OSNepal आइतबार, माघ ९ २०७८

चीनको अन्तरिक्ष यानले पठायो मंगल ग्रहमा हिउँ परेको र बाँझो मैदानको लोभलाग्दो तस्विर

चीनको अन्तरिक्ष यानले पठायो मंगल ग्रहमा हिउँ परेको र बाँझो मैदानको लोभलाग्दो तस्विर

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


चीनको अन्तरिक्ष यानले पठायो मंगल ग्रहमा हिउँ परेको र बाँझो मैदानको लोभलाग्दो तस्विर
Reading Time: < 1 minute

बेइजिङ, २० पुस-मंगल ग्रहको अनुसन्धानअन्तर्गत चीनले अन्तरिक्षमा डेढ वर्षअघि पठाएको अन्तरिक्ष यान तियानवेन १ ले मंगल ग्रहमा हिउँ परेका लोभलाग्दा तस्विरहरु पृथ्वीमा पठाएको छ । मंगल ग्रहमा तियानवेन १ ले खिचेका चार ओटा तस्विरलाई चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सार्वजनिक गरेको छ ।

ती रंगीन तस्विरहरुमा तियानवेन मार्स मिसन रातो ग्रह वरपर घुमिरहेको देखिन्छ । त्यस्तै तस्विरमा मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँले ढाकेको तथा मंगल ग्रहको बाँझो मैदान देख्न सकिन्छ । ती सबै तस्विर यानमा जडान गरिएको क्यामराले खिचेको हो । सो यान अहिले पृथ्वीबाट ३५ करोड किलोमिटर टाढा छ ।

गत वर्षको जुलाईमा चीनको हेनान प्रान्तको वेन्चाङ स्पेस लन्च सेन्टरबाट पठाइएको तियानवेन १ को नाम चीनको एउटा प्राचीन कवितासँग जुराइएको थियो । यही १० फेब्रुवरीमा मंगल ग्रहको कक्षमा पुग्नुअघि यानले ४७ करोड ५० लाख किलोमिटर यात्रा पार गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड