सत्ता गठवन्धले दर्ता गरायो प्रदेश १ मा राष्ट्रिय सभा निवार्चनका लागि उम्मेदवारी — OSNepal

सत्ता गठवन्धले दर्ता गरायो प्रदेश १ मा राष्ट्रिय सभा निवार्चनका लागि उम्मेदवारी

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । राष्ट्रिय सभा निवार्चनका लागि प्रदेश १मा सत्ता गठवन्धका दलहले आफ्नो उम्मेदवारी दताए गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसको तर्फबाट खुलातर्फ गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट महिलातर्फ जयन्ती राईले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । साथै

अल्पसंख्यक वा अपांग कोटाबाट जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।

१९ सिटको लागि राष्ट्रिय सभा सदस्यको यही माघ १२ गते मतदान हुने कार्यतालिका रहेको छ ।

यो पनि …

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा तिन जनाले दिए उम्मेदवारी दर्ता

काठमाडौं २० पौष । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा तिन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दार्त गराउनेमा राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा रहेका छन् ।

अगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको लागि आज मंगलबारबाट सातै प्रदेशमा उम्मेदवारी दर्ता भइरहेको छ ।

१९ सिटको लागि हुने निवार्चनमा सत्ता गठवन्धले सबै सिट ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर