अर्को दुखद खबर : कोरोनाका कारण तेलुगु अभिनेता टीएनआरको निधन — OSNepal

अर्को दुखद खबर : कोरोनाका कारण तेलुगु अभिनेता टीएनआरको निधन

LC (KTM) May 10, 2021 0

काठमाडौं-कोरोनाका कारण तेलुगु अभिनेता टीएनआरको निधन भएको छ ।कप्रिय तेलुगु युट्युब होस्ट र क्यारेक्टर आर्टिस्ट टीएनआर उर्फ ठुमला नरसिम्हा रेड्डिको सोमबार विहान हैदराबादमा कोरोना जटिलताका कारण निधन भएको भारतिय मिडियाले जनाएका छन् ।तेलुगु अभिनेता नानी, निर्देशक मारुथीलगायतले सामाजिक सञ्जालमा उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।

उनी चलचित्र उमा महेश्वरा उग्र रुपस्या, एचआईटि, फलकनुमा दास, जर्ज रेड्डीलगायत चलचित्रमा उनले क्यारेक्टर एक्टरको रुपमा चर्चा कमाएका छन् । उनी ‘फ्रान्क्ली विथ टीएनआर’ नामक युट्युब कार्यक्रमका लागि पनि लोकप्रिय थिए । उनको निधनले चलचित्र क्षेत्र शोकमा डुबेको छ ।

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै-  चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ ।चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन शिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले आजको उडानमा २० थान भेन्टिलेटर ल्याउने भनिए पनि अहिलेसम्म १० थान मात्रै भेण्टिलेटर निगमसँग अपडेट भएको बताउनुभयो ।अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर