राप्रपाका अध्यक्ष लिङदेनले मनोनित गरे ३१ केन्द्रीय सदस्य, कुन जिल्लाबाट को-को परे ? — OSNepal

राप्रपाका अध्यक्ष लिङदेनले मनोनित गरे ३१ केन्द्रीय सदस्य, कुन जिल्लाबाट को-को परे ?

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता राजेन्द्रअ देशभरका विभिन्न ३१ जिल्लालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।

विभिन्न नेता तथा कार्यकर्ताको योगदानको आधारमा लिङदेनले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।

पार्टीका नेता सुन्दर पाण्डेले दिएको जानकारी अनुसार ललितपुरबाट पुष्पराज पुरुष ,नुवाकोटबाट झनक प्याकुरेल,सोलुखुम्बुबाट एजी शेर्पा,गोरखाबाट मोहनकुमार श्रेष्ठ,
भक्तपुरबाट दिनेश श्रेष्ठ, रुपन्देहीबाट दीपक बोहरा र निरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापमा नवराज सुवेदी र दिनेश कार्की, रोल्पाबाट बालाराम घर्ती मगर,भोजपुरबाट टङ्क ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजङ्ग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतमा मुकुन्दश्याम गिरी, झापाबाट भक्तिप्रसाद सिटौला,अछामबाट श्यामबहादुर शाहीलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको छ ।

साथै, काठमाडौँबाट प्राडा गीताभक्त जोशी, सरस्वती अधिकारी र नवीन शाही, कैलालीबाट वीरेन्द्र बम, रुकुम पूर्वबाट केशवचन्द्र समाल, झापाबाट अम्बरबहादुर विष्ट,स्याङ्जाबाट उदयराज पोखरेल, खोटाङबाट रबिन चाम्लिङ,जुम्लाबाट रमानन्द न्यौपाने, नवलपरासीबाट सरोजा शर्मा र सिराहाबाट रामप्रताप साहलाई मनोनयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर