राष्ट्रियसभा निवार्चन : प्रदेश १ मा राप्रपाले उम्मेदवारी दिएसँगै उम्मेदवारको संख्या ८ पुग्यो — OSNepal

राष्ट्रियसभा निवार्चन : प्रदेश १ मा राप्रपाले उम्मेदवारी दिएसँगै उम्मेदवारको संख्या ८ पुग्यो

LC (KTM) January 04, 2022 0

विराटनगर २० । पौष । राष्ट्रियसभा सदस्यको निवार्चनको लागि प्रदेश १बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।

यही माघ १२ गते हुने राष्ट्रिय सभा निवार्चनको लागि आज मंगलबारबाट उम्मेदवारी दिने समय तोकिएको हो ।

प्रदशे १बाट राष्ट्रिय सभा सदस्यको लागि तिन सिट खाली रहेको छ । जसमा राप्रपाले महिला र खुल्ला तर्फ आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।

खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका हुन् । योसँगै अब प्रदेश १मा उम्मदवारी दिनेको संंख्या ८ पुगेको छ ।

यसैगरी, सत्तापक्ष गठबन्धनबाट खुलातर्फ काङ्ग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी नेतृ जयन्ती राई र अल्पसङ्ख्यक वा अपांग कोटामा जनता समाजवादी पार्टीका केन्दीय सदस्य हेमराज राईको उम्मेदवारी परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर