हाँस्य कलाकार भारती सिंह र हर्ष लिम्बाचिया चाँडै नै चर्चामा आउने भएका छन् । दुबैले यस वर्ष आफ्नो नयाँ बच्चालाई स्वागत गर्नेछन्। केही सातासम्म यी जोडीले यो कुरा आफ्ना फ्यानबाट लुकाएर राखे तर पछि दुवैले पोस्टमार्फत यो खुसीको खबर दिएका थिए । जहिले पनि मुम्बईमा यी दुईलाई भेटिन्छ, फोटो पत्रकार र फ्यानहरूले उनीहरूलाई उनीहरूको गर्भावस्था यात्राको बारेमा सोध्ने गरेका छन्।
भारती सिंह सधैं आफ्नो गर्भावस्था को बारे मा धेरै कुराहरु ओकलि रहेकी हुन्छिन् । हालैको एक अन्तर्वार्तामा भारती सिंहले गर्भावस्थामा आफ्नो स्वास्थ्यको निकै ख्याल राखेको बताइन् । भारती सिंहले स्वस्थ आहारको साथमा धेरै पौष्टिक तत्वहरू लिई रहेको बताएकी छिन् । यससँगै भारती सिंहले दैनिक व्यायाम गरिरहेकी छिन् ।
ताकि डेलिभरीमा कुनै समस्या नहोस् । बलिउड लाइफसँगको कुराकानीमा भारती सिंहले भनिन्,– म नर्मल डिलिवरी चाहन्छु। म सिजेरियनबाट अलिकति डराउँछु। धेरै दुख्छ भन्ने सुनेको छु। म काम गर्ने आमा हुँ र म कुनै पनि जटिलता देख्न चाहन्न। ूभारतीले थप भनिन्– ‘म दिनहुँ कसरत गर्छु ।
सामान्य प्रसव हुन सकोस् भन्नका लागि डाक्टरहरूले जे गर्न भनेका छन् म त्यही गरिरहेको छु । भारती सिंहले गर्भावस्थादेखि नै पहिलो पटक तौल घटाउन थालिन् । भारतीले करिब १५ किलो तौल घटाएकी थिइन् । भारती फिटनेसमा निकै सजग हुन थालेकी छिन् ।