दुई जुम्ल्याहा बच्चामा एक वर्षको अन्तर भएपछि आमा भइन् खुसीले भुरुंग — OSNepal

दुई जुम्ल्याहा बच्चामा एक वर्षको अन्तर भएपछि आमा भइन् खुसीले भुरुंग

LC (KTM) January 06, 2022 0

एजेन्सी । मुश्किलै रुपमा देखिने यस्तो अचम्मको घटनाले सबैलाई चकित बनाएको छ । यस्तै एक अचम्मको घटना क्यालिफोर्नियामा भएको छ ।

फातिमा म्याड्रिगल नामक एक महिलाले दुई बच्चालाई एक वर्षको अन्तरालमा जन्म दिएकी छनु । जुन विषयमा सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी फातिमाले सन् २०२१ को अन्तिम दिन ३१ डिसेम्बरको राति ११ः४५ बजे उक छोरालाई जन्म दिइन् भने त्यसको १५ मिनेत पछि अथार्त १२ बजे छोरीलाई जन्म दिइन् ।

जुन जुम्ल्याहा बच्चाको उमेर अन्तर एक वर्षको भयो एउटा २०२१ जन्मियो भने अर्को २०२२ मा जन्मियो । दुवै बच्चाको फोटा यतिबेला भाइरल बनेको छ । आमा फातिमा अत्यन्तै खुसी भएकी छन् ।

यो घटनालाई लिएर डाक्टर र अस्पतालका अन्य कर्मचारी अचम्मित भएका छन् ।यो जोडिले छोरीको नाम आयलिन योलान्दा ट्रुजिलो राखेका छन् । उनको जुम्ल्याहा दाइको नाम भने अल्फ्रेडो अन्टोनियो ट्रुजिलो राखिएको छ ।

आमा फातिमले भनिन्,‘म आश्चर्यमा परेको छु र खुसी पनि छु । किनकी मेरी छोरी मध्यरातमा जन्मिइन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर