खतरनाक सडकको भीरमा यसरी झुण्डियो ट्रक , हेर्दै डरलाग्दो भिडियो भयो भाइरल — OSNepal

खतरनाक सडकको भीरमा यसरी झुण्डियो ट्रक , हेर्दै डरलाग्दो भिडियो भयो भाइरल

LC (KTM) January 06, 2022 0

उत्तरी चीनमा एक ट्रक चालक ज्यान बाट जोगिएका छन्। वास्तव मा उनले चलाएको ट्रक ३३० फिट अग्लो चट्टानी भीरमा झुण्डिएको थियो।यो घटना जनवरी १ मा भएको हो। यसको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियो त्यहि बाटो हुदै गईरहेका एक स्थानीय टुर गाईड मिस्टर वु ले बनाएका हुन्।

श्री वु ले रेकर्ड गरेको भिडियोमा पहाडको छेउमा मालवाहक ट्रक कसरी झुण्डिएको छ भन्ने प्रष्ट देख्न सकिन्छ। आधा सडकमा छ भने आधा हावामा झुण्डिएको अवस्था ट्रक रहेको छ।ट्रकको अगाडीको भाग खाडलतर्फ झुकेको छ। यो दृश्य यति भयानक र डरलाग्दो छ कि देखेर जो कोहीको रौ नै खडा हुन्छ । डेली स्टार’को समाचार अनुसार यो ट्रक फसेको ठाउँ मुनि निकै गहिरो भिर रहेको छ।

ट्रक करिब ३३० फिट अग्लो स्थानमा यसरी झुण्डिएको थियो । भाग्यवस, ट्रक चालक बालबाल बचेका थिए।उनलाई भने कुनै हानी पुगेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार श्री वु पनि त्यस समयमा आफ्नो कार माथि एर ट्रक उनिभन्दा अगाडी गइरहेको थियो । ट्रक चालकले स्याटेलाइट ने भिगेसन प्रयोग गरेर सर्टकट लिएको उनले बताए।

उनले भने,– यो राजमार्गको चौडाइ धेरै छैन। त्यही भएर त्यहाँ बाट ठूला सवारीसाधन जान दिइँदैन। ६.८ भन्दाबढी चौडाइ भएका सवारीसाधनहरू लाई विशेष रूपमा निषेध गरिएको छ। जसका कारण त्यहाँको सडक निकै खराब थियो। ट्रकचालकले त्यहाँ बाट मोडकाट्न खोज्दा ट्रक अनियन्त्रित भई पहाडमा झुण्डिएको थियो। त्यसपछि घण्टौं सम्म ट्राफिक जाम भएको थियो।”तीन दिन पछि टाउनिङ सर्भिसले गाडी निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर