OSNepal आइतबार, माघ ९ २०७८

‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेशनमा

‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेशनमा

  • OSNepal
  • आइतबार, पौस २५ २०७८


‘प्रचण्ड’ र नेता नारायणकाजी  श्रेष्ठलाई कोरोना पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेशनमा
Reading Time: < 1 minute

काठमाडौँ, २५ पुस -सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी हुनुभएको थियो । उहाँले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड