घनश्याम भूसाल, सुरेन्द्र पाण्डेलगायतका १२ जना नेतामाथि थप कारवाही गरिँदै — OSNepal

घनश्याम भूसाल, सुरेन्द्र पाण्डेलगायतका १२ जना नेतामाथि थप कारवाही गरिँदै

LC (KTM) June 01, 2021 0

काठमाडौं जेठ १८। नेकपा एमालेको आज बस्ने स्थायी कमिटी बैठकमा पार्टीबाट निष्काशित माधव नेपाल सुमहका थप १२ जनालाई कारवाही गर्ने विषयमा छलफल हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासका बालुवाटारमा बस्ने बैठकमा स्पष्टिकरण सोधेको १२ जना नेतामाथि थप कारवाहीको विषयमा छलफल हुने भएको हो । यसभन्दा अघि नेपाल सहित भीम रावल, झलनाथ खनाल लगायत ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकाष्शन गरिएको थियो ।

थप, कारवाहीमा पर्नेमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्। यसका साथै आजको बैठकमा सरकारले ल्याएको बजेटको विषयमा पनि समिक्षा गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर