मनिषा कोइरालाले प्रेमी नानाको कोठामा आयषालाई भेटेपछि भएको थियो हात हाला हाल नै ! — OSNepal

मनिषा कोइरालाले प्रेमी नानाको कोठामा आयषालाई भेटेपछि भएको थियो हात हाला हाल नै !

LC (KTM) May 10, 2021 0

काठमाडौं- बलिउडमा नायिका मनिषा कोइराला र नाना पाटेकरको प्रेम सम्बन्धले केही समय राम्रो चर्चा पाएको थियो ।सन् १९९६ मा बनेको फिल्म ‘अग्निसाक्षी’को सुटिगं समयबाट नाना र मनिषा प्रेममा रहेका थिए । निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र अभिनेत्री मनीषा कोइरालालाई लिएर फिल्म ‘अग्निसाक्षी’ बनाइरहेका थिए । यही फिल्मको सुटिङका दौरान नाना र मनीषाबीच अफेयरको चर्चा चल्न सुरु भएको थियो । प्रेमसुरु भएपछि मनिषा नानासँग कोही युवती नजिक भएको हेर्न चाहन्थिन् तर फिल्मको नाइट सुटिङ भइरहेका बेला मनीषाले नानाको मेकअप रुममा अभिनेत्री आयशा जुल्कालाई देखिन् ।

आयशालाई नानाको मेकअप रुममा देखेपछि मनीषाले आफ्नो रिसलाई थाम्न सकिनन् र आयशासँग झगडा गर्न थालेपछि मनिषा र आयशा बिच हात हाला हाल नै भएको थियो । पछि नानाले झगडा हात जोडेर बिन्ती गर्दै मिलाएको भारतिय मिडियाले जनाएका छन् ।यो घटनापछि मनीषा असुरक्षित महशुस गरिन् र नानालाई विवाह गर्नका लागि दबाब दिन थाले पनि नानाले मनिषासँग बिहे गरेनन् किनकी उनी पहिलेदेखि नै विवाहित थिए ।

यही विषयले नाना सँग रिसाएकी मनिषा नाना बाट टाढा भइन् । टाढा भएको केही दिनपछि नै उनले नाना कोही युवतीसँग लिभ इन रिलेसनमा रहेको थाहा पाइन् । ती युवती अरु कोही नभई आयशा नै रहेको खुल्न आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर