OSNepal सोमबार, माघ ३ २०७८

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

  • OSNepal
  • सोमबार, पौस २६ २०७८


भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड
Reading Time: < 1 minute

काठमाडौँ, २६ पुस -भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ । सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।

साधारणसभाको उद्घाटन गर्दै काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष दीपक पनेरुले शेयरको तुलनामा १५ गुणा बढी बचत हुनुपर्ने कानूनी व्यवस्था पालना गर्न अनुरोध गर्नुभयो । काठमाडौँ महानगरपालिका वडा नं २८ का अध्यक्ष भाइराम खड्गीले शेयर सदस्य, शेयर पुँजी एवं बचतसमेत वृद्धि गर्न सुझाव दिनुभयो । समाजकल्याण परिषद्का नाममा रहेको भृकुटीमण्डप बजारमा करिब एक हजार ३०० पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड