भारत कोरोनाको चपेटामा परेका बेला पनि घुम घाममा ब्यस्त छन् बलिउड अभिनेत्री काजोल र छोरी न्यासा ! — OSNepal

भारत कोरोनाको चपेटामा परेका बेला पनि घुम घाममा ब्यस्त छन् बलिउड अभिनेत्री काजोल र छोरी न्यासा !

LC (KTM) May 10, 2021 0

मुम्बई बलिउडकी चर्चित नायिका काजोल सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी आफ्नो फिल्मको प्रोमोसनदेखि लिएर परिवारका सदस्य र साथीहरूसँग बिताएका सम्झना प्रायः सामाजिक सञ्जालमा सेयर गर्छिन्।इन्स्टाग्राममा सक्रिय काजोल छोरी न्यासाका कारण चर्चामा आएकी छन्। उनले हालै छोरीसँग इन्स्टाग्राममा दुई वटा तस्बिर सेयर गरेकी छन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन्। सो तस्बिरमा छोरी न्यासा दुरुस्तै काजोल जस्तै देखिएकी छन्।

‘धेरै दिनपछि मेरी छोरीसँग मुम्बई रोडमा,’ तस्बिर सेयर गर्दै काजोलले उल्लेख गरेकी छन्। यी तस्बिरले हालसम्म चार लाख बढी भ्युज पाएको छ। उनका प्रशंसकहरूले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन्। उनीहरूले आमा–छोरीको निकै तारिफ गरेका छन्।अन्नपुर्ण पोष्टमा खबर छ ।स्मरण रहोस्, काजोलले अजय देवगनसँग सन् १९९९ को फेब्रुअरी २४ मा विवाह गरेकी थिइन्। सन् २००६ को अप्रिलमा जन्मेकी छोरी न्यासा र सन् २०१० को सेप्टेम्बरमा जन्मेका छोरा युग गरी तिनका दुई सन्तान रहेका छन्।

हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति-जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ ।

उहाँका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ । यसैगरी अदुवा, प्याजलगायतका अन्य बालिनाली पनि क्षति भएको बताइएको छ ।

वर्षभरिको नगदेबालीका रुपमा लिइँदै आएका अदुवा, बेसार, सुन्तला, आप, मौसमी र सुन्तलाका दाना असिनाले झराएपछि किसान निरास भएको बडिकेदारका स्थानीयवासी तथा सञ्चारकर्मी यम चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर