अफ्रीका कप अफ नेसन्समा सेनेगलका लागि मानेले गोल हाने — OSNepal

अफ्रीका कप अफ नेसन्समा सेनेगलका लागि मानेले गोल हाने

LC (KTM) January 10, 2022 0

अफ्रीका कप अफ नेसन्स फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सेनेगलले विजयी सुरुआत गरेको छ । आज भएको खेलमा सेनेगलले जिम्बावेलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । सेनेगलका लागि साडियो मानेले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयको सातौं मिनेटमा मानेले पेनाल्टी मार्फत निर्णायक गोल गरेका थिए । आजको यो जितसँगै समूह बी को सेनेगलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । जिम्बावेले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर