OSNepal मंगलबार, माघ ११ २०७८

सोमबार बाट ४८ वर्षमा प्रबेश गरेका अभिनेता ऋतिक रोशनलाई पूर्वपत्नी सुजैनले दिइन शुभकामना

सोमबार बाट ४८ वर्षमा प्रबेश गरेका अभिनेता ऋतिक रोशनलाई पूर्वपत्नी सुजैनले दिइन शुभकामना

  • OSNepal
  • मंगलबार, पौस २७ २०७८


सोमबार बाट  ४८ वर्षमा प्रबेश गरेका अभिनेता ऋतिक रोशनलाई  पूर्वपत्नी सुजैनले दिइन शुभकामना
Reading Time: < 1 minute

ऋतिक रोशन सोमबार थप एक वर्ष बुढो भएका छन् । सोमबार बलिउडका ग्रीक गड ऋतिक रोशनको जन्मदिन हो । ऋतिक सोमबारबाट ४८ वर्षका भएका छन् । यस खुसीको अवसरमा उनकी पूर्वपत्नी सुजैन खानले उनलाई शुभकामना दिएकी छन् । सुजैनले ऋतिकको तस्विरबाट बनेको मोन्टेज भिडियो शेयर गर्दै बधाई दिएकी छिन् ।

सेयर गर्दै सुजैनले यो भिडियोमा ऋतिक रोशनलाई आफ्ना छोराछोरीसँग देख्न सक्नुहुन्छ। ऋतिक आफ्ना छोराहरु रेहान र हृदानसँग रमाइलो गरिरहेको देखिन्छन् । भिडियो शेयर गर्दै सुजैन खानले लेखेकी छिन्,– ‘ह्याप्पी बर्थडे । तपाईं एक अद्भुत बुबा हुनुहुन्छ। रे र रिज धेरै भाग्यशाली छन् जसले तपाई लाई पाएका छन् । तपाईका सबै इच्छा र सपनाहरू पूरा होस्। मेरो तर्फबाटा न्यानो अंगालो ।

जैन खानको यो पोस्टमा धेरै फ्यानहरूले कमेन्ट गरिरहेका छन्। कतिपयले उनी र ऋतिक रोशन फेरि एकताको लागि प्रार्थना पनि गरिरहेका छन् । ऋतिक रोशन र सुजैन खान सम्बन्ध विच्छेद पछि पनि साथीको रुपमा सँगै रहदै आएका छन् । मिलेर छोराछोरी हुर्काइरहेका छन् ।

यस्तो अवस्थामा दुबै जना सँगै लंच, डिनर र बिदा मनाउन जाने गरेका छन् ।ऋतिक रोशन र सुजैन खानले सन् २००० मा विवाह गरेका थिए । उनीहरुका दुई छोरा छन्– रेहान र रिदान । ऋतिक र सुजैन २०१३ मा अलग भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड