मतदान प्रक्रियाबाट प्रदेश २ को स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने सहमति — OSNepal

मतदान प्रक्रियाबाट प्रदेश २ को स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने सहमति

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । प्रदेश २ को स्थायी राजधानी र नामाकरणको लागि मतदान हुने भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने विषयमा सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा मतदान पक्रियाबाट जाने सहमत भएको हो ।

यसको लागि माघको पहिलो साताबाट मतदान हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जनाएका छन् ।

प्रदेशको नाम र राजधानीको विषयमा आएका प्रस्तावहरुलाई छलफल गर्न बनाइएको संसदीय समिति गठन भए पनि प्रस्तावमा आएका नामहरुमा सहमति हुन नसकेपछि मतदान हुने भएको छ ।

प्रदेश २ को नाम मिथिला भोजपुरा, मधेस, जानकी, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरुबिच सहमति हुन नसकेको हो ।

प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमतको आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर