संवैधानिक इजलासबाट न्यायाधीशद्वय कार्की र भट्टराई बाहिरिए ,संसद विघटन सम्बन्धि मुद्धाको सुुनुवाई जेठ २३ गते सम्म स्थगित — OSNepal

संवैधानिक इजलासबाट न्यायाधीशद्वय कार्की र भट्टराई बाहिरिए ,संसद विघटन सम्बन्धि मुद्धाको सुुनुवाई जेठ २३ गते सम्म स्थगित

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । संसद विघटन सम्बन्धि मुद्धाको सुुनुवाई जेठ २३ गते सम्मको लागि स्थगित भएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएपछि संसद विघटनको मुद्धा २३ गते सम्म स्थगित भएको हो ।

। संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्कीले पत्र पढेर सुनाएपछि प्रधानन्यायाधीश राणाले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको घोषणा गरेका हुन् । यस अघि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका थिए ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि त्यसमा असहमति राख्दै प्रधानन्यायाधीश राणाको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएका छन् । अहिले उनीहरु इजलासबाट बाहिरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर