मन्दिरको दान पेटिकामा कण्डम हाल्ने ३ ब्यक्ति लाई भयो यस्तो सम्म कारबाही, एक जनाले त डरले नै ज्यान गुमाए — OSNepal

मन्दिरको दान पेटिकामा कण्डम हाल्ने ३ ब्यक्ति लाई भयो यस्तो सम्म कारबाही, एक जनाले त डरले नै ज्यान गुमाए

LC (KTM) January 13, 2022 0

धर्म मानव कल्याणको लागि सृजना गरिएको संस्था हो। जसले जीवनमा शुद्धता, अनुशासन र असल कर्मको प्रेरणा दिन्छ। धर्मको आस्थाको केन्द्र मन्दिरलाई पवित्रताको सबैभन्दा पवित्र चिन्ह पनि मानिन्छ । यहाँ मानिसहरु आफ्नो दु:स्ख हटाउन सच्चा मनले आउँछन्। तर कर्नाटकको मङ्गलुरु जिल्लाबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले देशभर चर्चा बढाएको छ ।

वास्तवमा त्यहाँ बस्ने ३ युवाले मन्दिरको दान पेटीमा कन्डम र अन्य अपमानजनक चीजहरू हाल्दिने गरेका थिए । तर केही दिनपछि ती मध्ये एकजना सदस्यको मृत्यु भएको थियो । त्यसपछि बाँकी दुई युवाले डरका कारण आफ्नो अपराध स्वीकार गरेका थिए । मङ्गलुरु जिल्लाका दुई मुस्लिम युवाहरूले माफी मागेको कथाले सबैलाई छक्क पारेको छ ।

युवक आफै अगाडि आयो र डरले सुगाले जस्तै बक्ज थालेको थियो । साथीसँग भएको घटना आफूलाई नपरोस् भन्ने डर थियो । वास्तवमा उनका एक साथीलाई रगतै बान्ता भएको थियो, यो बान्ताले उनको ज्यान पनि लिएको थियो । यस घटनाले उनका बाँकी दुई साथीहरूलाई भयभीत बनाएको र दुई युवाहरूले पनि आफ्नो शरीरमा यस्तै अनौठो लक्षणहरू महसुस गर्न थाले पछि उनिहरुले मन्दिरमा दिनै आएर माफि माग्न थालेका थिए ।

यसरी मन्दिरमा मुस्लिम युवाको आगमनले पुजारीलाई समेत अचम्म बनाएको थियो । पुजारीले आफू भगवानको खिल्ली उडाउन आएको हो भन्ने सोचे तर पुजारीले वास्तविकता बुझेपछि उनले युवाहरूलाई कसरी भगवानसँग माफी माग्ने भनेर पनि बताई दिएका थिए । तर पछि यो कुरा सबैतिर फैलिएको थियो ।

हाल आरोपी तौफीक र अब्दुल लतिफ नामका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तौफिक र लतिफले पनि प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन् । आरोपितका अनुसार करगजा मन्दिरमा नमोत्सव पर्वका क्रममा उनीहरुले मन्दिरको हुण्डीमा विभिन्न अश्लिल वस्तु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर