• २०७८ असार १ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

हेटौंडा अस्पतालका डा श्रेष्ठद्वारा राजीनामा

हेटौंडा अस्पतालका डा श्रेष्ठद्वारा राजीनामा


  • ओएसनेपाल
  • बैशाख २७ २०७८, सोमबार
  • ९:०७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 14K
    SHARES

    वाग्मती -वाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट ९मेसु० डा प्रवीण श्रेष्ठले आफ्नो पदमा राजीनामा दिनुभएको छ । आफूलाई आफ्नो पदीय जिम्मेवारीअनुसार काम गर्न असहज भएको भन्दै उहाँले वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेललाई राजीनामा पत्र बुझाउनुभएको हो ।

    मन्त्रालयका सचिव ढुङ्गेलले हेटौंडा अस्पतालका मेसु श्रेष्ठको राजीनामा दिनुभएको पुष्टि गर्नुभयो । मेसु श्रेष्ठको नियुक्ति सङ्घीय सरकारबाट भएकाले उहाँको राजीनामालाई सङ्घीय स्वास्थ्य मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।

    विगतमा सङ्घीय सरकारअन्तर्गत रहेको हेटँौंडा अस्पताललाई सङ्घले वाग्मती प्रदेश सरकारलाई अस्पतालको जिम्मेवारी केही समयअघि हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।

    मेसु श्रेष्ठले हेटौँडा अस्पताल विकास समितिको खातामा भएको रकम प्रतिष्ठानअन्तर्गतको अस्पताल विकास समितिको खातामा जम्मा गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको बताउनु भएको छ । उहाँले आफूलाई काम गर्न जोखिम बढ्ने भएकाले मेसु पदबाट राजीनामा दिएको दाबी गर्नुभयो । प्रतिष्ठानले आफूलाई अस्पताल विकास समितिको रकम झिकेर प्रतिष्ठानकै अस्पताल विकास समितिको खातामा जम्मा गर्न र अस्पतालको लोगो परिवर्तन गर्न भनेपछि आफूले त्यसो गर्न नसक्ने भएकाले मेसुको जिम्मेवारीबाट राजीनामा दिनुपरेको उहाँको भनाइ छ ।

    यसअघि अस्पताल विकास समितिको खातामा मेसु र लेखापालको हस्ताक्षर चल्ने गरेको थियो । गएको चैत्र २७ गते अस्पतालको बोर्डले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति, रजिष्ट्रार र लेखापालको हस्ताक्षर चल्ने निर्णय गरेको उहाँको भनाइ छ । प्रतिष्ठानको सोही निर्णयको आधारमा उनीहरुलाई नै झिक्न सुझाव दिएको भन्दै आफूले सो रकम झिक्न नमिल्ने बताएको डा श्रेष्ठले जानकारी दिनुभयो । अहिले अस्पताल विकास समितिको खातामा करीब एक करोड रुपैयाँ छ भने स्वास्थ्य बिमा बोर्डबाट साढे चार करोड रुपैयाँ आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com