जसपाका ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन गरेको यस्तो पत्र निवार्चन आयोगमा बुझाइयो — OSNepal

जसपाका ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन गरेको यस्तो पत्र निवार्चन आयोगमा बुझाइयो

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समुहले अर्का अध्यक्ष महन्थ ठाकुर , वरिष्ठ नेता राजेन्द्र महतो सहित चार नेतालाई पार्टीबाट निष्काशन गरेको पत्र निवार्चन आयोगमा बुझाएको छ । यावद समुहको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुरसहित, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णले पार्टी विधान विपरीत काम गरेकोले पार्टीबाट निष्कासन गरेको आयोगमा बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ ९१, २ र ३० बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिएको छ । निर्वाचन आयोगमा उक्त पत्र दर्ता नम्बर १३४१ रहेको छ । सरकारमा जाने विषयलाई लिएर विवाद र्सिजना हुँदा जसपामा यस्तो संकट र्सिजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर