प्रहरीलाई मास्क र स्यानेटाइजर वितरण — OSNepal

प्रहरीलाई मास्क र स्यानेटाइजर वितरण

LC (KTM) January 13, 2022 0

बैतडी, २९ पुस-महिला मानव अधिकार रक्षक सञ्जाल र दलित समाज विकास मञ्च बैतडीले प्रहरीलाई मास्क र स्यानेटाइजर वितरण गरेको छ ।

आज एक औपचारीक कार्यक्रमको आयोजना गर्दै दशरथचन्द नगरपालिका भित्रका ९औटै प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयलाई उक्त सामग्री बितरण गरिएको महिला मानव अधिकार रक्षक संजालका सचीव कल्पना रानाले बताइन् ।

डीएस्डीका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक बोधराज ओझा रहेका थिए ।

कोरोना भाइरसको जोखिम मोलेर जनताको सेवामा खटिएका प्रहरी कर्मचारीका लागि उक्त सामग्री वितरण गरिएको अध्यक्ष नेपालीले बताइन् ।

कोरोना सर्तकताका लागि आवस्यक पर्ने सुरक्षाका सामग्री पाएपछी खुसी लागेको प्रहरी निरिक्षक ओझाले बताए । उक्त सामग्री आफुहरु प्रयोग गर्नुका साथै बजारमा मास्क नगलाउने व्यक्तिहरुलाई समेत वितरण गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर