भाजपालाई ४५ सीटमा खुम्च्याइदिने मौर्यको चेतावनी – OSNepal

भाजपालाई ४५ सीटमा खुम्च्याइदिने मौर्यको चेतावनी

LC (KTM) January 14, 2022 0

काठमाडौं, २९ पुस-भारत उत्तर प्रदेशको योगी आदित्यनाथ सरकार र भारतीय जनता पार्टी छाडेका स्वामी प्रसाद मौर्यले भाजपालाई पहिलेकै अवस्थामा पुर्‍याइदिने चेतावनी दिएका छन् । भाजपा छाडेर समाजवादी पार्टीमा प्रवेश गर्न लागेका मौर्यले भाजपालाई ४५ सीटमा सीमित गरिदिने दाबी गरेका हुन्। २०१७ अघि भाजपाको सीट ४५ थियो ।

समाचार एजेन्सी एएनआईले बेहीबार राति स्वामी प्रसाद मौर्यलाई उदृत गर्दै यस्तो बताएको हो । मौर्यले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग औपचारिक भेटवार्ता गरेका छन् । मौर्य शुक्रबार सपामा जाने छन् । पछिल्लो समय उत्तर प्रदेशमा कतिपय मन्त्री, सांसदले भाजपा छाडेको घोषणा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement