OSNepal मंगलबार, माघ ४ २०७८

नेपाल–भारत सीमा क्षेत्रमा यस्तो अबस्थामा फेला परिन ४२ वर्षीया रन्जु

नेपाल–भारत सीमा क्षेत्रमा यस्तो अबस्थामा फेला परिन ४२ वर्षीया रन्जु

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


नेपाल–भारत सीमा क्षेत्रमा यस्तो अबस्थामा फेला परिन ४२ वर्षीया रन्जु
Reading Time: < 1 minute

वीरगञ्ज पर्सा प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिला भरिया हुन् वा मुख्य कारोबारी हुन् त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड