अहिले पनि झंस्कि रहन्छन् सानै उमेरमा यस्तो गम्भिर रोगबाट पिडित रहेका अभिनेता गोबिन्दा — OSNepal

अहिले पनि झंस्कि रहन्छन् सानै उमेरमा यस्तो गम्भिर रोगबाट पिडित रहेका अभिनेता गोबिन्दा

LC (KTM) January 14, 2022 0

बलिउडका अभिनेता गोबिन्दाले सन् १९८६ मा फिल्म उद्योगमा डेब्यु मारेका थिए । फिल्मका उनको प्रस्तुतीलाई लिएर दर्शक एकदमै लालायित हुने गरेका छन् । ९० को दशकमा गोबिन्दाले कैयौ हिट ब्लकबस्टर फिल्म दिएका थिए । तर यीनै गोबिन्दाको जिन्दगीमा यस्तो पनि क्षण थियो कि उनको स्वास्थ्यलाई लिएर कसैलाई बिश्वास नै थिएन कि उनी फिल्म खेल्न सक्छन् र यति पपुलर हिरो बन्छन् भन्ने ।

उनले आफ्नो स्वाथ्यबारे पहिलो पटक बताएका छन् । जब उनी १३ बर्षका थिए त्यतिबेला उनको शरिरमा भएको हड्डीमा ज्यान नै थिएन । उनी चल्न फिर्न नै नसक्ने अवस्थामा थिए । त्यसपछि उनकी आमाले गायत्री मन्त्रको २१ लाख जाप लगाए दिएकी थिईन् । त्यस पछि उनलाई स्वास्थ्यमा कुनै असर नै देखिएन ।

उनको यो सफलता आमा संगै जोडिएको छ । त्यसैले उनले सधै आमालाई आफ्नो सफलताको सुत्रधारको रुपमा लिने गरेका छन् । गोबिन्दाले हालै पत्नी सुनीताको लागि करवा चौथका अवसरमा एक महंगो गाडी खरिद गरिदिएका छन् । उनले सामाजिक सञ्जालमा पनि फोटो शेयर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर