जनता बाचे फेरि राजनीति गरौंला : ज्ञवाली — OSNepal

जनता बाचे फेरि राजनीति गरौंला : ज्ञवाली

LC (KTM) June 01, 2021 0

काठमडौँ १८ जेठ । नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विपक्षीहरुलाई लक्षित गर्दै उहाँहरुलाई कोरोना कहिल्यै नलागोस् भनेर टिप्पणी गरेका छन् । मन्त्री ज्ञवालीले आज स्थायी कमिटिको बैठक पछि सञ्चार माध्महरुसँग बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खोपको विदेशी राष्ट्रसँग मागेको सहयोगलाई केहि नेताहरुले अत्यन्त छुद्र ढंगले गरेको टिप्पणी प्रति अशन्तुष्टि जनाउँदै यसो भनेका हुन् ।

अहिले मानिसको जीवन रक्षा ठूलो कुरा कि अरू ? राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसारको हैसियतलाई प्रयोग गर्नुहुन्छ । परराष्ट्रले काम गरिरहेको छ, कतिपय ठाउँमा प्रधानमन्त्रीले पनि गर्नुभएको छ,’ उनले भने नेता भीम रावलले पनि यस विषयमा राष्ट्रपतिको आलोचना गरेका थिए । भने अर्का नेता बाबुराम भट्टराईले पनि यस विषयमा कडा आलोचना गरेका थिए ।

यी नेतालाई लक्षित गर्दै मन्त्री ज्ञवालीले भने , ‘ती नेताहरू जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नुभएको छ । मेरो प्रार्थना छ, उहाँहरू कसैलाई कोरोना नलागोस् ! नातापाता, छरछिमेक कसैलाई त्यस्तो नहोस् । यस्तो मामलामा राजनीतिक टिप्पणी नहोस’ । जनता बाचे फेरि राजनिति गर्ने बताएका ज्ञवालीले भने, ‘कार्यकारी राष्ट्रपति भएको मुलुकमा कार्यकारीसँग कुरा गर्नुपर्दा प्रधानमन्त्री र राष्ट्रपतिको कुरा हुँदैन, यति न्युनतम प्रोटोकाल बुझ्नुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर