विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहार,तीन जना घाइते – OSNepal

विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहार,तीन जना घाइते

LC (KTM) January 15, 2022 0

टोकियो [जापान], १ माघ, -जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ।जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ।

पीडितहरूलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ। तीमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए भने अर्का पीडित ७० वर्षीय पुरुष थिए। उक्त घटना बारे छानबिन भइरहेको बताइएको छ ।(रासस-एएनआई / स्पुतनिक)

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement