OSNepal बिहिबार, माघ १३ २०७८

२४ घण्टामा प्रदेश नं १ मा ३२० जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ घण्टामा प्रदेश नं १ मा ३२० जनामा कोरोना सङ्क्रमण पुष्टि

  • OSNepal
  • शनिबार, माघ १ २०७८


२४ घण्टामा प्रदेश नं १ मा ३२० जनामा कोरोना सङ्क्रमण  पुष्टि
Reading Time: < 1 minute

विराटनगर, १ माघ -पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५८९ जनाको पिसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण भएको जनाएको छ । पिसीआर परीक्षणका आधारमा मोरङमा १२९ मध्ये विराटनगरमा ११३, सुनसरीमा १११, झापामा १९, धनकुटामा तीन र प्रदेश बाहिरका १० जनामा सङ्क्रमण भएको हो ।

स्थानीय पालिकाअनुसार मोरङको बूढीगङ्गामा आठ, रङ्गेली र सुन्दरहरैचामा दुई–दुई, ग्रामथान, उर्लाबारी, कटहरी र पथरी शनिश्चरेमा एक–एक, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा चार, दुहबी र हरिनगरमा दुई–दुई, इनरुवा र स्थानीय तह नखुलेका एक–एक, झापाको भद्रपुुरमा पाँच, विर्तामोडमा तीन, मेचीनगरमा दुई, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै तीन महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड