बिराट कोहलीद्धारा टेस्ट टिमको कप्तान बाट राजिनामाको घोषणा — OSNepal

बिराट कोहलीद्धारा टेस्ट टिमको कप्तान बाट राजिनामाको घोषणा

LC (KTM) January 15, 2022 0

नेपालमा नेपाली क्रिकेटमा खेलाडी माथि कारबाही तथा कप्तानीका बिषयमा असन्तुष्टिका स्वरहरु आईरहदा भारतमा भने क्रिकेट जगत नै हल्लिने गरि आश्चर्य जनक घोषणा भएको छ । ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेको घोषणा गरेका छन् ।

कोहलीले शनिबार सामाजिक संजालबाट टेस्ट टिमको कप्तानी पद छाडेको सबै लाई जानकारी दिएर आश्चर्यमा पारेका छन् ।कोहलीले यस अघि टी ट्वान्टी र एकदिवसीयको कप्तानी छाडेका थिए ।भारतका लागि कोहलीले ६८ टेस्टमा कप्तानी गरेका थिए । जसमा ४० खेलमा जित निकालेका थिए ।३३ वर्षीय कोहलीले २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर