प्रदेश १ का खेलाडीमा कोरोना संक्रमण, प्रधानमन्त्री पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेटको आजको खेल स्थगीत — OSNepal

प्रदेश १ का खेलाडीमा कोरोना संक्रमण, प्रधानमन्त्री पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेटको आजको खेल स्थगीत

LC (KTM) January 15, 2022 0

प्रधानमन्त्री पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका केहि खेलाडीमा कोरोनाको लक्षण देखिए पछि आज शनिबार हुने खेल स्थगित गरिएको थियो । प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश नं. १ बीचको खेल स्थगित भएको हो । स्थगित खेल सोमबार हुने भएको छ ।

प्रदेश १ का खेलाडीमा कोभिड १९ को आशंका भएपछि खेल स्थगित गरिएको थियो । नेपाल क्रिकेट संघले स्थगित खेल सोमबार हुने जनाएको छ ।क्यानले प्रदेश १ का एक खेलाडीमा कोभिड १९ को संक्रमण देखिएको समेत जनाएको छ ।

समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर