चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको थप नौ लाख खोप आइपुग्यो — OSNepal

चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको थप नौ लाख खोप आइपुग्यो

LC (KTM) June 01, 2021 0

काठमाडौँ, १८ जेठ-नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको होे ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो ।बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आÞफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर