काठमाडौंबाट पोखरातर्फ जादै गरेका २० वर्षीय अमर समातिए — OSNepal

काठमाडौंबाट पोखरातर्फ जादै गरेका २० वर्षीय अमर समातिए

LC (KTM) January 16, 2022 0

कास्की २ माघ । पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन जस्तो देखिने धातुको ३ थान सिक्री सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिक रहेका छन् । उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जादै गरेको ग.१ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर