१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) January 17, 2022 0

बर्दिया ३ माघ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ स्थित खाजा घरमा काम गर्ने जाजरकोट शिवालय गाउँपालिका-७ घर भएका ३० वर्षीय जनक शाही रहेका छन् ।

शाहीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आइतबार बिहान पक्राउ परेका शाही उपर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर