छोरी बचाऊ, छोरी पढाऊ कार्यक्रमअन्तर्गत बाराका छात्रालाई साइकल वितरण — OSNepal

छोरी बचाऊ, छोरी पढाऊ कार्यक्रमअन्तर्गत बाराका छात्रालाई साइकल वितरण

LC (KTM) January 17, 2022 0

वीरगञ्ज, ३ माघ- प्रदेश २ सरकारको छोरी बचाऊ, छोरी पढाऊ कार्यक्रमअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ नमूना माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ । नमूना माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ८ भन्दा माथिका ४२ छात्रालाई साइकल वितरण गरिएको हो ।

यसबाट विद्यार्थीलाई विद्यालय आउने थप सहजता हुने विद्यालयले जनाएको छ । छोरीलाई विद्यालय पठाउन प्रोत्साहनस्वरुप सकारात्मक सन्देश प्रभाव गर्न प्रदेश सरकारले यस प्रदेशका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर