वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट नन्दकलीको मृत्यु, क्षतिपूर्ति नदिएसम्म शव आफन्तले बुझेनन् — OSNepal

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट नन्दकलीको मृत्यु, क्षतिपूर्ति नदिएसम्म शव आफन्तले बुझेनन्

LC (KTM) January 17, 2022 0

वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क।०२००१।प।८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो । घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।

“मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताउनुभयो । “शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ”, उहाँले भन्नुभयो, “प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।” प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर