आज पनि बढ्यो सुनको मूल्य — OSNepal

आज पनि बढ्यो सुनको मूल्य

LC (KTM) January 17, 2022 0

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार ९२ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेरप्रतितोला ९२ हजार ५ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर