काठमाडौं तारकेश्वर नगरपालिकाबाट ५ जना जुवाडे पक्राउ — OSNepal

काठमाडौं तारकेश्वर नगरपालिकाबाट ५ जना जुवाडे पक्राउ

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ शेषमती लामबगर बस्ने काठमाडौं नौकुण्ड घर भएका ३८ वर्षीय मान बहादुर बुलुनको टहरामा तास खलिरहेको अवस्थामा मान बहादुर सहित ५ जना रहेका छन् ।

जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

  निजहरुलाई  प्रहरीले   आइतबार   साँझ   पक्राउ  गरेको  हो     । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर